Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालिकाको छाला टाल्न ४२ हजार सहयोग

हाम्रो कोशी आवाज
जेष्ठ १४ २०७७, बुधबार
बालिकाको छाला टाल्न ४२ हजार सहयोग

धरानः बराह नगरपालिका वडा न ५ को आगोले पोलेर घाइते बिरामीको उपचारको लागि ४२ संकलन गरी हस्तान्तरण गरिएको छ ।
स्थानीय देवी बराइली माघ २२ गते आगोले पोलेर घाइते भएपछि छाला टाल्न आर्थिक अभाव भएको हो । यस विषयमा समाचार आएपछि उपचार आर्थिक सहयोग समिति बनाएर आर्थिक संकलन भइरहेको छ ।
बराहक्षेत्रका प्रदीप ढकालमार्फत् ३४ हजार ९१५ र लक्ष्मी परियारमार्फत् ७ हजार ३ सय गरी जम्मा ४२ हजार २९५ रुपैयाँ घाइते बालिकाका बुबा उमेश विकलाई हस्तान्तरण गरिएको हो ।
संकलित सो सहयोग रकम बुधबार बिरामी बसेको स्थान सिमरवन चोकमा सञ्चारकर्मीसामु हस्तान्तरण गरिएको थियो । यस्तै, धरानबाट अपाङ्ग पुनस्थापना केन्द्र धरानका निर्देशक सुनिल खड्काले बिरामीको लागि २० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने आश्वासन दिए थिए ।
उनले बिरामी र एकजनालाई दैनिक ड्रेसिङ गर्न यदि धरान आउन मानेको खन्डमा आफूले खाने बस्ने ब्यवस्था गर्ने पनि बताए । ५ वर्षीया बालिकाको उपचार सरकारी अस्पतालमा गरिने तयारी भइरहेको छ । उनको २० प्रतिशत आगोले छाती र पेटमा पोलेको र चिकित्सकले टाल्नुपर्ने सुझाएका छन् । छाला टाल्न ५० हजार आइसियु शुल्क औषधि किन्ने पैसासहित करिब २ लाख ५० हजार रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: जेष्ठ १४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend