Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

समाचार प्रभावः बालिकाको छाला टाल्न २ लाख बढी जम्मा भएपछि काठमाडौं लैजाने तयारी

हाम्रो कोशी आवाज
जेष्ठ १७ २०७७, शनिबार
समाचार प्रभावः बालिकाको छाला टाल्न २ लाख बढी जम्मा भएपछि काठमाडौं लैजाने तयारी

धरानः गत माघ २२ गते आगोले जलेर घाइते भएका देवी बराइलीको उपचारको लागि २ लाख १३ हजार सङ्कलन भएपछि उनलाई काठमाडौं लैजाने तयारी थालिएको छ ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ का पाँच वर्षीय बराइलीको आर्थिक अभावमा उपचार हुन नसकेको समाचार आएपछि नरेश विकको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरिएको थियो । उनको उपचारको लागि शनिबारसम्म २ लाख १२ हजार रुपैयाँ सङ्कलन भएको आर्थिक सङ्कलन संयोजक नरेशले जानकारी दिए ।
शनिबार बराइलीको निवास पुगेर धरान, पथरी, बराहक्षेत्रभित्रबाट सङ्कलन भएको रकम हस्तान्तरण गरियो । धरानबाट संयोजक नरेश, लिलिस पोमुसहितको ४८ हजार सय ३४० रुपैयाँ, चकरघट्टीबाट संयोजक प्रदीप ढकालमार्फत् ३९ हजार ४ सय १५ लक्ष्मी परियारमार्फत् ७ हजार ३ सय र बराह नगरपालिका ८ हजार, बराहक्षेत्रका महेन्द्र र सम्झना श्रेष्ठमार्फत् ५ हजार, पथरी मिडिया (मेरो मनको टिभी र गरिमा टेलिभिजन) ७० हजार २५ रुपैयाँ, कुमारी लिम्बू नहडामार्फत् ३१ हजार ५६४ रुपैयाँ सङ्कलन भएको छ ।
बालिकालाई आइतबार नै उपचारको लागि काठमाडौ लैजाने तयारी थालिएको संयोजक विकले जानकारी दिए । काठमाडौस्थित वीर अस्पताल ट्रमा सेन्टरमा उपचारको लागि चिकित्सकसँग कुरा भइसकेको र काठमाडौमा जनता समाजवादीका नेता दलमर्दन कामीको नेतृत्वमा उपचार सहयोग हुने विकले बताए ।

प्रकाशित मिति: जेष्ठ १७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend