धरानः धरानकी सृष्टिकाश्री भट्टराई बोल्नमा खप्पिस छिन् । धरान–६ पानबारी निवासी उनी धरान–९ स्थित विष्णु मेमोरियल माविबाट एसइई दिएकी उनी हाल काठमाडौंमा बिबिए सङ्कायमा अध्ययनरत् छिन् ।
सानैदेखि बोल्नमा खप्पिस उनले स्कुलस्तरीय, धरान उपमहानगरब्यापी साथै जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा भाग लिन पुगिन् । त्यतिबेला उनी पहिलो, दोस्रो बन्दै गइन् । ‘सानैदेखि म यस्ता प्रतियोगितामा भाग लिइरहन्थें’, उनले भनिन्, ‘पछि बोल्ने कलाको विकास हुँदै गयो र अहिलेसम्म जति प्रतियोगितामा भाग लिएँ हारेकी छैन ।’
प्रतियोगितामा भाग लिएर जब जितिन्छ, साथीभाइको हौसलाले थप उर्जा मिल्ने उनी बताउँछिन् । ‘जितेपछि वाह सृष्टिका भनिदिँदा पनि थप हौसला मिल्दो रहेछ’, उनले खुलाइन्, ‘यसकै परिणामले अहिलेसम्म बोलेरै जितिरहेको छु ।’ उनले धरान जेसिजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा प्रथम बनिसकेकी छिन् । ‘हालसम्म बोलेरै करिब ३०–३५ वटा पुरस्कार जितिसकेको छु’, उनले भनिन् ।
उनले नेपालको सीमा विवाद र भ्रष्टाचारबारे यसरी बोलेकी छिन् । उनले अनलाइनमार्फत् हुने खुल्ला प्रतियोगितामा बोलेकी हुन् । हेरौं भिडियोः
