Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ सरकारः प्राथमिकतामा कृषि र स्वास्थ्य

हाम्रो कोशी आवाज
जेष्ठ २३ २०७७, शुक्रबार
प्रदेश १ सरकारः प्राथमिकतामा कृषि र स्वास्थ्य

धरानः प्रदेश १ सरकारले कोरोना महामारी, विद्यार्थी र पढाइ ध्यानमा राखी आवश्यक कार्यक्रम चलाउने भएको छ ।
सरकारको नीति तथा कार्यक्रममा सो कुरा जनाइएको छ । अनलाइन र भर्चुअल कक्षा सन्चालन गर्ने सरकारले घोषणा छ । यसैगरी सूचना र सन्चार प्रविधिको प्रयोग गर्न पूर्वाधार कार्यक्रम विशेष कार्यक्रम सन्चालन गर्ने, शिक्षण पद्धतिलाई प्रादेशिक शैक्षिक नीति ल्याउने, इन्टरनेट सेवाको पँहुचले शैक्षिक केन्द्र जोड्ने, पूर्ण साक्षर प्रदेश घोषणा गर्ने, प्रादेशिक आवासीय विद्यालय संचालन गर्ने सरकारको तयारी छ ।
सरकारले तत्कालको लागि विकास कार्यक्रमका प्राथमिकतामा बाध्याकारी परिस्थिति सिर्जना भएकोले विषयगत रुपमा स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा रहने सरकारले जनाएको छ ।
सरकारले कोरोना महामारीका कारण किसानलाई परेको असर तथा नोक्सानी सम्बोधन गर्न राहत प्याकेज र वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्कने युवाका लागि स्वरोजगारमुलक परियोजना सञ्चालन गर्ने पनि घोषणा गरेको छ ।
सरकारकोतर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले शुक्रबार वर्ष २०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै किसानका लागि रु. ४५ करोड राहत प्याकेज घोषणा गरेका हुन । कोभिड १९ कारण विश्वका विभिन्न भागबाट रोजागरी गुमाई प्रदेशका फर्कने युवाका लागि स्वरोजगारमुलक परियोजना संचालन गर्नेसमेत सरकारले तयारी गरेको छ ।
सरकारको नीति तथा कार्यक्रममा आयोजना बैंकमा सूचीकृत २६ परियोजनामा थप २४ थपेर ५० पु¥याउन अध्ययन गरिने र स्वदेशी लगानी प्रबर्द्धन गर्न स्वदेशी लगानी सम्मेलन गर्ने तथा वैदेशिक लगानी सम्मेलन गर्ने सरकारले तयारी गरेको छ । सार्वजनिक निजी सझोदारीबाट महत्वपूर्ण ठूलो आयोजनामा लगानी जुटाउन परियोजनागत सार्वजनिक कम्पनी गठन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
महामारीका कारण बढी जोखिममा पर्नसक्ने उमेर समूहको सुरक्षाको रेखदेख गर्न विशेष कार्यक्रम सञ्रुचालन गर्ने, भूगोल हेरेर स्थान विशेषसमेत हेरेर बजेट विन्यास गर्ने सरकारले योजना बनाएको छ । कोभिड १९ रोगको रोकथाम उपचारमा खटिने स्वास्थ्यर्मी र कर्मचारीको मनोबल उच्च बनाउन उपयुक्त ढंगले प्रोत्साहित गर्ने र सबै जिल्ला अस्पतालाई एकसय बेड क्षमतामा स्तरोन्नति गर्दै चार भेन्टीलेटरसहित अवाश्यक चिकित्सकको व्यवस्था गर्ने सरकारको योजना छ । विराटनगरको कोशी अस्पताललाई प्रदेश मातहत ल्याउन पहल, धनकुटामा ६ भेन्टिलेटरसहित प्रादेशिक शिक्षण अस्पताल बनाइने छ । यसैगरी मोरङ मंगलबारेमा अत्याधुनिक मदनमण्डारी ट्रमा सेन्टर बनाउने कार्य अघि बढाइनेछ ।

प्रकाशित मिति: जेष्ठ २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend