सोलुखुम्बुः सोलुखुम्बु महाकुलुङ गाँउपालिका–४ बाट बाबुको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउका १९ वर्षीय कुवेर राई रहेका छन् ।
बिहीबार घरायसी विषयमा ५७ वर्षीय सन्त कुमार राई र उनकै छोरा कुवेरबीच विवाद भई झगडा हुँदा कुवेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबु सन्तकुमार राईलाई टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको भनी आफन्तले शुक्रबार बिहान साढे ६ बजे इलाका प्रहरी कार्यालय सोताङमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु समेतबाट प्रहरी टोली खटि गई कुवेर राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।