Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको इनरुवामा आगलागी

हाम्रो कोशी आवाज
जेष्ठ ३२ २०७७, आइतबार
सुनसरीको इनरुवामा आगलागी

सुनसरीः सुनसरीको इनरुवा बजारमा भीषण आगलागी भएको छ । आगालागीबाट केही बेरअघिसम्म चारवटा पसलमा क्षति पुगेको छ ।
स्थानीय हनुमान बस्त्रालयबाट शुरु भएको आगलागीले उग्र रुप लिएको छ । हनुमान बस्त्रालयसँगै टाँसिएको सिर्जना फाइनान्स पनि आगोको चपेटामा छ ।
आगो नियन्त्रणका लागि स्थानीयवासी, प्रहरी र धरानका उपमहानगरपालिकाको २ वटा, इटहरीको १ वटा र दुहबीको १ वटा दमकल गरी ४ वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । आगो कसरी र किन लाग्यो भन्नेबारेमा अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ ३२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend