Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आजदेखि विद्यार्थीलाई पठनपाठन

हाम्रो कोशी आवाज
असार १ २०७७, सोमबार
आजदेखि विद्यार्थीलाई पठनपाठन

धरानः कोरोनाले गर्दा विद्यालय जान नसकिने भएपछि सामुदायिक विद्यालयका विद्यार्थीलाई रेडियो र टेलिभिजनमार्फत पढाइने भनेको छ।
वैकल्पिक विधिका रुपमा आजदेखि रेडियो र टेलिभिजनबाट पढाउन लागिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ। कक्षा ८ सम्म पाँच घन्टा एनटीभी प्लसबाट बिहान १० बजेदेखि ३ बजेसम्म पढाउन लागिएको केन्द्रका उपमहानिर्देशक विष्णु अधिकारीले बताए।
त्यस्तै, कक्षा ९ र १० का विद्यार्थीलाई रेडियो नेपालमार्फत पढाइँदै छ। उनीहरुलाई टेलिभिजनबाट पनि पढाइनेछ। त्यसका लागि डिसहोम, नेटटिभी र म्याक्स टिभीले दैनिक चार घन्टा अडियो भिजुअल सामग्री प्रशारण गर्ने भएका छन्।
अनलाइनमाफैत पढाइ गर्न गाह्रो भएका सामुदायिक विद्यालयका लागि रेडियो र टेलिभिजनबाट पठनपाठन गर्न लागिएको उपनिर्देशक अधिकारीले बताए। उनका अनुसार, एउटा पाठ रेडियोमा १५ देखि २० मिनेट तथा भिजुअल सामग्री ३५ मिनेटको हुनेछ। कक्षा ८ सम्म तीन विषय र कक्षा ९ तथा १० मा ६ विषय पढाइने हुने भएको छ।
शहरका केही विद्यालयले भने अनलाइनमार्फत पनि पढाइ गरिरहेका छन्। त्यस्तै, नीजि विद्यालयले पनि अनलाइन मार्फत पढाइको व्यवस्था गर्दै आएका छन्।
कोरोना भाइरसको महामारीका कारण विद्यालय बन्द छन्। नयाँ शैक्षिक सत्र सुरु भएको दुई महीना वित्दा पनि विद्यालय खोल्ने अवस्था छैन। त्यसैले केन्द्रले बैकल्पिक व्यवस्था थालेको जनाएको छ।

प्रकाशित मिति: असार १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend