Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कविता: स्कूल लागे हुन्थ्यो नि !

हाम्रो कोशी आवाज
असार १ २०७७, सोमबार
कविता: स्कूल लागे हुन्थ्यो नि !

टीभी कति हेर्नु हो ! टाउकै दुख्यो अब त

फेसबुक कति चलाउनु ! आँखै दुख्यो अब त ।

खेल खेल्ने नि ठाउँ छैन यताउति गएर
लुकामारी खेलियो सबैजना भएर ।

खालि भित्रै बस्नु छ घुम्न जानै पाइँदैन
एकोहोरो यसरी बस्न मनै लाग्दैन ।

किताब कापी थन्किए पढ्नु लेख्नु परेन
स्कूल जाने कपडा पनि देख्नु परेन ।

वल्ला पल्ला घरका साथी साह्रै रजाउँछन्
सिट्ठी, मादल, बाँसुरी जे भेटे नि बजाउँछन् ।

हल्लाखल्ला गर्दा नि ‘डिस्टब’ भयो भनेर
अर्ती दिन्छन् सबैले ‘बस्नू ज्ञानी बनेर’ ।

कति आउँछस् कोरोना ! टाढा भागे हुन्थ्यो नि
दिक्कै लाग्यो अब त स्कूल लागे हुन्थ्यो नि !

प्रकाशित मिति: असार १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend