धरानः लकडाउन र लकडाउन केही खुकलो भएपछि धरानका एकल महिला के गर्दैछन्, कस्तो अवस्थामा होलान् ? धेरैको लागि चासोको विषय पनि हो । उनीहरूमा कस्तो पीडा होला ? कसले चासो लिएको पाइँदैन । छोराछोरी सम्हाल्नुपर्ने, कमाउनुपर्ने, खुवाउनुपर्ने, हुर्काउनुपर्ने, बढाउनुपर्ने, एकपटक सोचौं त ।
धरानका १० जना एकल महिलाको अवस्था दयनीय देखेपछि केही व्यक्तिहरूले भने चासो लिएका छन् । उनीहरूको अवस्था नाजुक देखेपछि केही राहत प्रदान गरिएको छ । लायन्स क्लब अफ क्यालिवर धरानको आयोजनामा उनीहरूलाई खाद्यान्न बाँडिएको हो । साथै एकजना फरक क्षमताका व्यक्तिलाई पनि खाद्यान्न सहयोग दिइएको थियो ।
कार्यक्रममा धरान–९ का वडाध्यक्ष रत्न कटुवाल, लायन्स क्लबका धिरज गुरुङ, रेखा गुरुङ, होप धरानका अध्यक्ष निश्चल पलिखे, सरु राई, निरज गुरुङ, लायन्स क्लब अफ क्यालिवरका अम्विका श्रेष्ठ, शिक्षा चेम्जोङ, मनिषा राई, राजीव दाहाललगायतको उपस्थिति थियो ।
