Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइईको प्रश्नपत्र के होला ?

हाम्रो कोशी आवाज
असार ३ २०७७, बुधबार
एसइईको प्रश्नपत्र के होला ?

धरानः अहिले जताततै एसइई नहुने भएपछि प्रश्नपत्र के होला भन्ने जिज्ञासा छ ।
प्रश्नपत्रलाई महालेखा परीक्षण नगरुन्जेल नधुल्याइने भएको छ । सुरक्षित राखिएका प्रश्नपत्र तत्काल नधुल्याइने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले महालेखा परीक्षण सम्पन्न नहुन्जेल प्रश्नपत्र सुरक्षित राखिने बताए ।
यतिबेला देशका एक हजार ९९५ वटा प्रहरी निकायमा प्रश्नपत्र सुरक्षित राखिएको छ । परीक्षाका लागि एक हजार ९९५ परीक्षा केन्द्र कायम गरिएका थिए । परीक्षा केन्द्र नजिकका प्रहरी कार्यालयमा ती प्रश्नपत्र बाकसमा सुरक्षित राखिएको छ ।
ती प्रश्नपत्र छपाइ गर्न करिव तीन करोड रुपियाँ खर्च भएको छ । ५१ लाख प्रति छापिएका थिए । ८६ विषयका प्रश्नपत्र छन् । अनिवार्य विषयका ४२ सेट प्रश्नपत्र छन् । हरेक प्रदेशमा अनिवार्य विषयका फरक प्रश्नपत्र छपाइ गरिएको थियो ।
यसैबीच सरकारले विद्यालयले गरेको अन्तिम मूल्यांकननलाई आधार मानेर प्रमाणपत्र उपलब्ध गराउन राष्ट्रिय परीक्षा बोर्डलाई परिपत्र गरेको छ ।

प्रकाशित मिति: असार ३ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend