धरानः धरान-६ पानबारी निवासी प्रकाश मुदेलका ७ वर्षीय छोराको जन्मँदै मलद्वार बन्द भएर जन्मिएपछि अहिले समस्या परेको छ ।
आर्थिक समस्या झेलिरहेको परिवारले छोरा प्रशान्तको अझै उपचार गर्न सकेको छैन । हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ तर आर्थिक अभावले रकम पुगेको छैन । ‘अझै केही रकम पुगेको छैन, हामी सहयोगको पर्खाइमा छौं’, बाबु प्रकाशले भने ।
बीपी प्रतिष्ठानसम्म लैजाने कार्य धरानस्थित होप धरानको टिमले गरेको थियो । हाल उनको उपचारमा थप सहयोग आवश्यक पर्ने भएकाले अपिल गर्दै पहल पनि थालिएको होप धरानका अध्यक्ष्ाँ निश्चल पलिखे बताउँछन् । उनको चोलोस्ट्रोमी विधिबाट अप्रेशन गर्नुपर्ने र अप्रेशन खर्चचाहिँ सबै प्रतिष्ठानले नै निःशुल्क गरिसकेको छ । ‘तर औषधिचाहिँ महङ्गो पर्ने बुझियो’, अध्यक्ष पलिखे भन्छन्, ‘त्यही भएर सहयोगको अपिल गरेका हौं ।’
उनी हाल दिशासमेत गर्न सक्दैनन् । मुदेल परिवार ज्यालादारीमा काम गरेर पेटपालन गर्दै आएका छन् । उनले छोरा प्रशान्तको थप उपचारको लागि आर्थिक कठिनाइ भएकाले देश–विदेशमा रहने सबै नेपाली दाजुभाइ तथा दिदी–बहिनीहरूमा बचाइदिन उनले आग्रह गरेका छन् ।
