धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप एक पुरुष डिस्चार्ज भएका छन् ।
उनको कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि उनी बिहीबार डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार २७ वर्षीय ती पुरुष झापाका हुन् । कोरोनालाई जितेर ती पुरुष डिस्चार्ज भएसँगै अस्पतालमा हाल ७२ जना संक्रमतिहरु उपचाररत रहेको उनले बताए । यसक्रममा प्रतिष्ठानले हालसम्म १ सय १५ जनालाई सफल उपचारपछि डिस्चार्ज गरिसकेको जनाएको छ ।