Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ का प्राविधिक धारमा पठनपाठन हुने १० विद्यालय छनौट

हाम्रो कोशी आवाज
असार ८ २०७७, सोमबार
प्रदेश १ का प्राविधिक धारमा पठनपाठन हुने १० विद्यालय छनौट

धरानः नेपाल सरकारले थप ४४ विद्यालयमा प्राविधिकधारका विद्यालय सञ्चालनका लागि छनोट गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरबाट शैक्षिक सत्र २०७७ देखि प्राविधिकधारको पठनपाठनका लागि अनुदान प्रदान गर्ने गरी छनोट गरेको हो । मन्त्रालयका अनुसार प्रदेश एकमा १० विद्यालय, प्रदेश २ मा ५ विद्यालय, बागमती प्रदेशका ७, गण्डकी प्रदेशका ६, प्रदेश नं. ५ मा ६, कर्णाली प्रदेशका ३ र सुदुर पश्चिम प्रदेशका ७ वटा विद्यालयमा प्राविधिकधारको पठनपाठन गराइने भएको मन्त्रालयले जानकारी दियो ।
आर्थिक सर्वेक्षण २०७६–७७ अनुसार ७५३ स्थानीय तह मध्ये ६०७ स्थानीय तहमा प्राविधिक धारको विद्यालय सञ्चालनमा आइसकेका छन् । शैक्षिक सत्र २०७५–०७६ मा १०३ स्थानीय तहमा प्राविधिकधारको विस्तार गरिएको थियो । यो वर्ष कोरोना महामारीको प्रकोपका बावजुद ४४ विद्यालयमा प्राविधिक धारको विस्तार गर्न लागिएको मन्त्रालय स्रोतले जानकारी दियो ।

प्रकाशित मिति: असार ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend