Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तमोर नदीले बगाएर दुई बालक बेपत्ता

हाम्रो कोशी आवाज
असार ९ २०७७, मंगलबार
तमोर नदीले बगाएर दुई बालक बेपत्ता

तेह्रथुमः तमोर नदीले दुई बालक बगाएको छ ।
तेह्रथुमको आठराई–५ छातेढुंगास्थित तमोर नदीको प्याङ्गे दोभानबाट दुईजना बालक बगाएपछि उनीहरू हालसम्म बेपत्ता छन् । आठराई गाउँपालिका ५ छातेढुंगा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ जुकेटारका १८ वर्षीय रन्जित शेर्पा तमोर नदिमा डुबेर बेपत्ता भएका हुन् ।
आँप खान तमोर नदीमा किनारमा गएका उनीहरू बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिए । बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार ९ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend