ताप्लेजुङः ताप्लेजुङमा पनि एक व्यक्तिलाई तमोरले बगाएको छ । उनी हाल बेपत्ता छन् ।
ताप्लेजुङको टिपटालातर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ वर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पु¥याइ बेपत्ता भएको तथा बेपत्ता भएका लिम्बूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।