Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट घर फिर्ने बढे

हाम्रो कोशी आवाज
असार ९ २०७७, मंगलबार
धरानबाट घर फिर्ने बढे

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोना जितेर घर फर्किने बढेका छन् ।
मंगलबार २७ जनाले जितेर फर्किएका छन् । जसमा एक महिला एक र २६ पुरुष छन् ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले सुनसरीका ५ र मोरङका १८ र झापाका ४ जनाले कोरोना जितेर फिरेका हुन् । डिस्चार्ज भएकाहरुमा १८ महिनाको बालकदेखि ६० वर्ष उमेर समूहका रहेका छन् ।
उनीहरु जेठ २१ देखि असार २ गते कोभिड १९ को संक्रमणसंगै अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । गएको २४ घण्टामा ६ जना पीसीआर पोजेटिभ बिरामी भर्ना भएका छन् ।
त्यसैगरी हालसम्म १ सय ५५ जना डिस्चार्ज भएको जनाउदै प्रवक्ता डा. सापकोटाले ४४ जना संक्रमित उपचाररत रहेको बताए ।

प्रकाशित मिति: असार ९ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend