Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भाण्टाबारीमा लागुऔषधसहित युवा समातिए

हाम्रो कोशी आवाज
असार ११ २०७७, बिहिबार
भाण्टाबारीमा लागुऔषधसहित युवा समातिए

सुनसरीः सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीका २३ वर्षीय मिथुन यादव प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका छन ।
भाण्टाबारी स्थितमा हिँडिरहेका यादवलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ४१ एम्पोल, डाईजेल्याव ३९ एम्पोल, लुपिजेसिक ४० एम्पोल, नाइट्रोसन १०० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन १४४ क्याप्सुल फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका यादव उपर थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: असार ११ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend