ओखलढुंगा: ओखलढुंगा लिखु–६ गाम्नाङटार स्थितमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ओखलढुंगा लिखु–४ यसम बस्ने २२ वर्षीय सुदर्शन खत्री रहेका छन । बिहान प्रदेश नम्बर ३–०१–००२ झ५११५ नम्बरको एम्बुलेन्स बिरामी लिनका लागि लिखुबाट गाम्नाङटारतर्फ जाँदै गर्दा एक्कासी अनियन्त्रित भई कात्तिके भिरबाट अन्दाजी २०० मिटर तल खसी दुर्घटना हुँदा चालक खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दुर्घटना भएको एम्बुलेन्स लिखु गाउँपालिकाको रहेको खुल्न आएको छ ।