विराटनगरः मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ वर्षीया मायादेवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ ।
बिहीबार अपराहन साढे ५ बजे बक्राहा खोलानजिकै चौपाया चराइरहेकी शाहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकीमा इलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास गर्ने क्रममा शुक्रबार बिहान साढे १० बजे बगाएको स्थान भन्दा करिब ३ किलोमिटर दक्षिण खोलाको डिलमा मृत अवस्थामा फेला पारेको सो कार्यालयले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।