Hamro Koshi Aawaj

मंगलबार, कार्तिक २४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुई लाख भारुसहित पक्राउ परेकी महिलालाई सुनसरी पठाइयो

हाम्रो कोशी आवाज
असार १२ २०७७, शुक्रबार
दुई लाख भारुसहित पक्राउ परेकी महिलालाई सुनसरी पठाइयो

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१५ रानीबाट २ लाख भारतिय रुपैयाँसहित एक महिला पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१७ बस्ने २५ वर्षीया कोरेसा खातुनलाई ५०० दरको भारतीय नोट ४ सय थान गरी जम्मा २ लाख रूपैयाँ सहित पक्राउ गरेको हो । भारतीय रूपैयाँसहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: असार १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend