Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

किन खोजिँदैन आत्महत्याको कारण ?

हाम्रो कोशी आवाज
असार १५ २०७७, सोमबार
किन खोजिँदैन आत्महत्याको कारण ?

केहीसमय यता आत्महत्याको श्रृङ्खला बढ्दो छ । किन यसरी तीव्र गतिमा फैलिरहेको छ ? यो सोच्नैपर्ने विषय बन्न पुगेको छ । सामान्यतयाः कुनै कारणबाट उत्पन्न मानसिक पीडा वा यातनाबाट उन्मुक्तिका लागि मानिसले देखेको उपयुक्त बाटो र उपाय नै आत्महत्या हो । विभिन्न कारणबाट आत्महत्या गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै छ । यसरी दर्दनाकरूपमा बढिरहेको आत्महत्याको विषयमा भने गम्भीर अनुसन्धान र कारण खोज्नु जरुरी छ । त्यो सँगै आत्महत्या रोक्ने सामाजिक सचेतना पनि जोगाउनुपर्ला ।
व्यक्तिमा तीब्र महत्वकांक्षा, योजनामा असफल, कुनै पनि कारणले समाजमा लाज सरमको महसुस गर्नु, पश्चाताप वा बेइज्जतको सामाना गर्नुपर्ने अवस्था, चिन्ता, फिक्री, दीर्घरोग, अन्तरसम्बन्धमा आँच, प्रेममा मृत्यु वा बिछोड, मानसिक असन्तुलन, बेरोजगार, टाट पल्टिँदाको पीडा, धोका, आरोप, जीवन र मृत्युसम्बन्धी मानसिक द्वन्द्व लगायत थुप्रै कारणबाट मानिसले आत्महत्या गर्ने गरेको देखिन्छ । कतिपय आत्महत्या तत्कालको पारिवारिक झगडापछिको आवेशमा पनि हुने गरेका छन् ।
‘अहिले युवाहरुमा रोजगारी, विलासिताका सामानको उपयोग, शिक्षामा देखिने ‘हाई एक्सपेक्टेशन’ (महोत्वकांक्षी स्वभाव), शिक्षा, जागिर वा प्रेममा हुने असफलताहरु पनि आत्महत्याका कारकहरु हुन’, मनोविद् भन्छन् ‘आत्महत्याको बारेमा कुराकानी गर्ने, समयमा नै उपचारमा ल्याई मनोपरामर्श सेवा गर्ने, आत्म हत्या तथा मानसिक स्वास्थ्य समस्याका बारेमा जनचेतना जगाउने क्रियाकलापहरु सञ्चालन गरेर आत्महत्याको अधिकाशं घटनालाई रोकथाम गर्न सकिन्छ ।’ परिवारका सदस्यले यदि नियमितको व्यवहार फरकपन वा प्रभावित भएको पाएमा केही समस्या भएको हुन सक्ने कुरामा हेक्का राख्नुपर्ने मनोविद्को सुझाव छ ।
सामान्य उदाहरणका लागि टाउको दुख्यो भने चिकित्सककहाँ गइन्छ, मन दुख्यो या तनाव भयो भने कहाँ उपचार गर्न जाने ? यस्तो द्विविधामा मानिसहरू छन् । त्यसका कारण सचेतना फैलाउनुको विकल्प छ त ? यस विषयमा प्रचारप्रसारकोसमेत अभाव खड्कीएको पक्का हो । आत्महत्याको कारण खोज्दै बाहिर ल्याउने हो भने समाजमा हुने यो घट्ना केही हदसम्म कमी आउने देखिन्छ । जब मानिसले आफना समस्याहरू गुम्साएर राख्न थाल्छ, या त्यो समस्याबाट आफू कमजोर भएको महसुस गर्न थाल्छ र तत्कालीन रूपमा समस्याको निकास भेट्दैन, उसैले आत्महत्या रोजिरहेको छ । यस्ता घटनाका पछाडी मुख्यतयाः पीडा, चिन्ता र दुःख नै भेटिन्छ । तर, यसको राम्रो अध्ययन गरी रोकथाम गर्ने व्यवस्था भने कतै छैन र देखिएको छैन यो अत्यन्तै आवश्यक छ । कतिपय घट्ना गरिबीका साथै हिंसा बढ्दो छ । आत्महत्याको विषयलाई सामान्य ढंगले लिएर राज्य पन्छिन पाउँदैन ।
राज्यले नागरिकका लागि गर्नुपर्ने दायित्व निर्वाह नगरेकाले यस्तो भयावह स्थिति आएको हो भन्न सकिन्छ । तसर्थ राज्यले आत्महत्याको कारण खोजी प्रचारप्रसारमा ध्यान दिनुपर्ने देखिन्छ । समाजमा सचेतनाका कार्यक्रमहरू, नाकटहरू देखाएर पनि केही हदसम्म रोकिएका थिए । विश्व स्वास्थ्य संगठनको एक अनुसन्धानमा सबैभन्दा बढी आत्महत्या गर्ने मुलुकहरूमा नेपाल आठौैं स्थानमा रहेको छ । आत्महत्याका विभिन्न कारणमध्ये राष्ट्रले जनतालाई न्यूनतम शिक्षा, स्वास्थ्य र गाँसबासको सुविधा दिलाउन नसक्नु पनि हो । आत्महत्याजस्तो जघन्य अपराधपूर्ण बाटो समाउन पुग्छ । त्यतिबेला उसलाई आवश्यक परामर्श उपलब्ध गराउने र जीवनका अप्ठ्यारा बाटाहरूमा निर्भयका साथ हिँड्न दृढ मनोबल प्रदान गर्न सक्ने हो भने आत्महत्या रोकिन सक्छ । त्यसकारण आत्महत्या भएको ठाउँमा के कारणले उनले हत्या गरे यसको गम्भीर अनुसन्धान, अध्ययन गरेर अन्य ठाउँमा हुन सक्ने यो जघन्य अपराध रोक्न राज्यले महत्वपूर्ण भूमिका खेल्न जरुरी छ ।
आत्महत्यालाई रोक्न सक्दैनौं होला तर रोकथामका लागि भने ध्यान दिनु जरुरी देखिन्छ । एउटा, आत्महत्यासम्म पुरयाउन सक्ने रोग लागेको छ भने सो रोगको मनोपरामर्शको माध्यमबाट निदान गर्ने प्रयास गर्नुपर्छ । यसका लागि विशेषगरी घरका सदस्य र अभिभावकहरू सचेत हुनुपर्ने नितान्त आवश्यक हुन्छ । आत्महत्याका बारे नेपालमा निकै कम सामग्री भए पनि प्राप्त केहि तथ्यांकहरूबाट केही निष्कर्ष भने निकाल्न सकिन्छ ।
यदि हामीले चिनेको व्यक्ति धेरै उदास छ, निराशावादी कुरा गर्छ र उसलाई रक्सी या लागूपदार्थको आदत छ भने उसलाई कसैको निरीक्षणमा रहने व्यवस्था गर्दै दुव्र्यसन र डिप्रेसन दुवैको उपचार गर्न सल्लाह दिनुपर्छ । विकसित मुलुकहरूमा आत्महत्याको रोकथामका संगठनहरू खोलिएका छन् । यी संगठनहरू आत्महत्या गर्न खोज्ने व्यक्तिलाई भावनात्मक सहायता दिनुका साथै सो व्यक्तिको समस्याको पहिचान गरेर उपयुक्त तरिकाले समस्या समाधानको लागि पहल गर्दछन् । त्यस्तै, यदि आत्महत्यातर्फ उन्मुख भएको व्यक्ति कुनै मानसिक रोगले ग्रसित छ भने उसको रोगको उपचारको लागि बाटो देखाइदिने या पहल कदमी गरिदिने पनि गर्दछन् । त्यस्तै क्षेत्र क्षेत्रमा रोकथामको संगठनहरू विस्तार गरी आत्महत्या रोक्न सरकारी पक्षबाट पनि पहल होस् । र, प्रहरी प्रशासनले पनि आत्महत्याको कारण खोजी न्यूनीकरणमा जनस्तरसम्म पहल गरुन् । अहिले दैनिकजसो भइरहेको आत्महत्या रोक्न वा हत्याको कारण खोज्न किन तदारुकता छैनन् सम्बन्धित निकाय ? किन खोजिदैन आत्महत्याको कारण ? यो विषयमा प्रहरी प्रशासनले ध्यान दिऊन् । आजको हाम्रो परिवेश मानसिक स्वास्थ्यप्रति संवेदनशील छैन ।

प्रकाशित मिति: असार १५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ६ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend