Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अनलाइन कक्षाः हल्ला बढी

हाम्रो कोशी आवाज
असार १७ २०७७, बुधबार
अनलाइन कक्षाः हल्ला बढी

म यता पहाडतिर छु । मलाई पनि अनलाइन कक्षामा बस्न आग्रह गरियो । तर मेरो गाउँमा मोबाइल फोन पनि राम्रोसँग चल्दैन । इन्टरनेट चलाउन त परैको कुरा । मलाई त अनलाइन कक्षा ‘हाउगुजी’ नै भएको छ । अनलाइन कक्षा सञ्चालन गर्नुलाई नराम्रो भन्न सकिँदैन । तर दुई–चारवाट विद्यालयले अनलाइन कक्षा सञ्चालन गरयो भन्दैमा सबै विद्यार्थीहरूले अनलाइनबाटै पढिरहेको छ भन्न पनि त मिल्दैन । केही निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्न सक्लान् तर सामुदायिक सबै विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्ने अवस्थामा पनि त पुगिसकेका छैनन् ।
धेरै शिक्षकहरूमा कम्प्युटरको ज्ञान समेत छैन । शिक्षकमा नै यस खाले सीप नभएपछि विद्यार्थीले को बाट सिक्ने ? धेरैले अनलाइन कक्षा सञ्चालन गरे तापनि अनलाइन कक्षा कति प्रभावकारी भएको छ ? भन्ने अध्ययान चाहिँ कमैले गरेको पाइन्छ । कतै अनलाइन कक्षा अनलाइनमा देखाउनकै लागि मात्रै त भइरहको छैन ? सामाजिक सञ्जालका फोटाका पृष्ठभूमिमा दराजमा थुनिएका किताब देखाउकै लागि मात्रै त भइरहेको छैन ?
अनलाइन कक्षा सञ्चालनको लागि धेरै सुझावहरू र तर्कहरू सुनियो, पढियो । अनलाइन कक्षा राम्रो कि नराम्रो भन्नेमा आ–आफनै तर्क होलान् । सहजता र असहजताका फरक क्षेत्रहरू पनि होलान् तर एउटा कोठाभित्र बसेर निकालिएका सुझाव र तर्कजस्तो सहज छैन अनलाइन कक्षा सञ्चालन गर्न । कक्षामै पढाइ हुँदा टिचर आवश्यक हुन्थ्यो । टिचरले पढाउँदा त खासै बुझिँदैन थियो ।
सहरमा पनि बत्ती जाने–आउने कुराको कुनै ठेगान हुँदैन । अनलाइन कक्षाले बालबालिकालाई व्यस्त बनाउन केही सहज भए पनि त्यसको लागि घरमा उपयुक्त वातावरण नहुन पनि सक्छ । अनलाइन पढाइ हुने–खानेका लागि मात्रै त भइरहेको छैन ? अनलाइन कक्षामा नियमित तरिकाले भनेको जस्तो पढाइ भइरहेको छ कि छैन ? त्यसैले अनलाइन कक्षा भनेर बढी हल्ला पो गरिएको हो कि भन्ने मैले महसुस गरेकी छु ।

प्रमिश नेपाल, कक्षा–९

प्रकाशित मिति: असार १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend