Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

साथीभाइको दबाबमा लागूऔषधमा फँस्दै युवायुवती

हाम्रो कोशी आवाज
असार २३ २०७७, मंगलबार
साथीभाइको दबाबमा लागूऔषधमा फँस्दै युवायुवती

धरानः नेपालमा लागूऔषध प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । नयाँ अध्ययनअनुसार साथीभाइको दबाबका कारण लागूऔषध प्रयोग गर्नेको संख्या बढ्दै गएको देखाइएको छ ।
८९ दशमलव ४ प्रतिशतले साथीहरुको दबाबमा लागूऔषध प्रयोग गर्ने गरेको पाइएको छ । यस्तै, ७२ दशमलव १ प्रतिशतले मनोरञ्जन र मजाका लागि, ६२ दशमलव ५ प्रतिशतले उत्सुकताका लागि ४५ दशमलव ६ प्रतिशतले खुसी हुन ३० दशमलव ६ प्रतिशतले मानसिक तनावका कारण यसको सेवन गर्ने गरेका छन् ।
यस्तै, पारिवारिक समस्याका कारण १८ दशमलव ९, डिप्रेसनका कारण १४ दशमलव ९ र पढाइमा आउने समस्याका कारण ८ दशमलव ९ प्रतिशतले लागूऔषध सेवन गर्ने गरेको अध्ययनले देखाएको छ । नयाँ अध्ययन अनुसार साथीहरूको सङ्गतले ६७ दशमलव ७ प्रतिशतले लागूऔषध प्रयोग गर्नेहरु रहेको अध्ययनले देखाएको छ । डुलन्ते बिक्रेताबाट १४ दशमलव १, औषधि पसलबाट ८ दशमलव ४, अन्य पसलबाट ७ दशमलव २ र इन्टरनेको माध्यमबाट २ दशमलव ५ प्रतिशतले लागूऔषध लिइरहेका छन् ।
२०६९ मा गरिएको अध्ययनको तुलनामा २०७६ मा गरिएको अध्ययनले २५ देखि २९ वर्ष उमेर समूहका व्यक्ति लागूऔषधको बढी प्रयोग गर्छन् । लागूऔषध प्रयोगकर्ता ‘टिन एज’ अर्थात २० वर्षभन्दा कम उमेर मै पहिलोपटक प्रयोग गर्ने गरेको तथ्य खुलेको छ । केन्द्रीय तथ्याङ्क विभागको सहयोगमा गृह मन्त्रालयले अध्ययन गरेर यस्तो तथ्याङ्क निकालेको हो । झण्डै ४० प्रतिशत व्यक्तिले बेरोजगारीका कारण लागूऔषध प्रयोग गर्ने गरेकोले सरकारले रोजगारी सिर्जनाका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने अध्ययनले देखाएको छ ।
लागूऔषध सेवनकर्तामध्ये १५ प्रतिशतमा हेपाटाइटिसको समस्या देखिने गरेको छ । सबैभन्दा बढी सिरिन्ज साटासाट गर्नेमा रोगको सङ्क्रमण बढी देखिएको छ । झण्डै ९३ प्रतिशतले सिरिन्ज साटासाट गर्दा एचआइभी, हेपाटाइटिसलगायत अन्य रोग सरेको पाइएको छ । सुईंको माध्यमबाट लागुऔषध प्रयोग गर्ने २९ दशमलव तीन प्रतिशत छन् । मानसिक विचलन ४ दशमलव १ प्रतिशत, क्षयरोग ४ प्रतिशत, एचआइभी, एड्स ३ दशमलव ५ प्रतिशत र २ दशमलव ५ प्रतिशतमा एसटिडीको समस्या देखिने गरेको छ ।
नेपाली समाजमा खासगरी साथीभाइको संगत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागूपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारीका चिन्तन आदिले लागू पदार्थको दुरुपयोग बढ्दो छ । दुव्र्यसनमा फँसेका आफ्ना साथीभाइबाटै लागूऔषध प्रयोग गर्न सिकेकाले अभिभावकले युवा अवस्थाका आफ्ना छोराछोरीप्रति अलिक बढी ध्यान दिनुपर्ने देखिएको छ ।

प्रकाशित मिति: असार २३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend