Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वैकल्पिक सिकाइबारे प्रदेशगत समीक्षा

हाम्रो कोशी आवाज
असार २७ २०७७, शनिबार
वैकल्पिक सिकाइबारे प्रदेशगत समीक्षा

धरानः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही असार १ गतेदेखि शुरु भएको वैकल्पिक सिकाइ कार्यक्रमको प्रदेशगत समीक्षा शुरु गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो पद्धतिको सिकाइ र अवस्थाबारे प्रतिवेदन तयार गर्न सात प्रदेशका लागि मन्त्रालयबाट एक एक जना सहसचिवस्तरका कर्मचारीलाई जिम्मेवारी तोकेका छन् ।
वैकल्पिक सिकाइ पद्धतिको कार्यान्वयनको प्रभावकारिता, यसका समस्या, आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा मन्त्री पोखरेलले सुझाव लिन थालेको उनका स्वकीय सचिव पुरन केसीले जानकारी दिए । प्रारम्भिक चरणमा विद्यालय पुनः सञ्चालन गर्नुपर्ने र वैकल्पिक सिकाइलाई शैक्षिकसत्रसँग जोड्नुपर्ने विषय लगायतको सुझाव आएको जनाइएको छ । प्राप्त प्रतिवेदनका आधारमा निर्णयका लागि मन्त्रालयले कोरोना रोकथाम केन्द्रीय निर्देशक समिति (सिसिएमसी) मा प्रस्ताव लानेछ ।
कोरोना महामारी र बन्दाबन्दीका कारण शिक्षालय बन्द भएको स्थितिमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी सिकाइ निरन्तरताका लागि मन्त्रालयले गत जेठ १८ गते वैकल्पिक प्रणलीबाट सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी सबै प्रदेश र स्थानीय तहमा कार्यान्वयनका लागि आग्रह गरेको थियो ।

प्रकाशित मिति: असार २७ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend