Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दण्ड-सजायबिना बालबालिकालाई अनुशासित बनाउन सकिन्छ

हाम्रो कोशी आवाज
असार २९ २०७७, सोमबार
दण्ड-सजायबिना बालबालिकालाई अनुशासित बनाउन सकिन्छ

मानवको रूपमा बालबालिकाको आफनै पहिचान हुने भएकोले उनीहरूलाई कसैको व्यक्तिगत सम्पत्तिको रूपमा व्यवहार गरिनु हुँदैन । बालबालिकाको सर्वोत्तम हित हुने गरी पालनपोषण गर्नु अभिभावकको दायित्व हो । सबै प्रकारका हिंसा, दुव्र्यवहार तथा उपेक्षाबाट संरक्षण पाउनु बालबालिकाको अधिकार भएकोले अभिभावकले बालबालिकाको सो अधिकार हनन हुने गरी व्यवहार गर्नु हुँदैन । दण्डसजायले बालबालिकालाई असर गर्ने हुनाले बालबालिकाको सर्वोत्तम हितको प्रतिकूल हुन्छ ।
विगतमा बालमनोविज्ञान र बालविकासको ज्ञानको कमीको कारण दण्डसजायले अनुशासन कायम हुन्छ भन्ने गलत बुझाइ स्थापित भयो । हामीले विज्ञान र प्रविधिको विकाससँगै विभिन्न क्षेत्रमा धेरै परिवर्तन अवलम्बन गरिसकेका छौं । सोही विज्ञानको एउटा हाँगाले दण्डसजायले अनुशासन कायम हुँदैन र बालबालिकालाई झन् हानी गर्छ भन्ने सन्देश दिन्छ भने हामीले हाम्रो बुझाई र व्यवहारलाई रूपान्तरण गर्नु अपरिहार्य छ ।
कुनै व्यक्तिको मानवअधिकार हनन हुने गरी कसैको परम्परालाई निरन्तरता दिने कुरा स्वीकार्य हुन सक्दैन । संसारको सबै धर्मले बालबालिकालाई माया र स्नेह दिनु पर्ने सन्देश दिन्छ । बालबालिका उपर हिंसा गर्ने कार्यलाई कुनै पनि धर्मले समर्थन गर्दैन । बालबालिकालाई सजाय दएिर हुर्काउने समाजका बालबालिका सफल भएका छन् वा सकारात्मक माध्यमबाट हुर्काउने समाजका बालबालिका अगाडि छन् भन्ने तुलना गरयिो भने पक्कै पनि सफलताका धेरै र राम्रा उदाहरणहरू हिंसा नगर्ने समाजबाट पाउन सकिन्छ ।
बालबालिकालाई दण्डसजाय नदिईकन पनि अनुशासित गराउन सकिन्छ र ?
दण्डसजाय दिइनाले बालबालिका र अभिभावकको सम्बन्धमा नकारात्मक असर पर्दछ । हामीलाई थाहा भएकै कुरा हो, जुन व्यक्तिसँग हाम्रो राम्रो सम्बन्ध छ, हामीले ती व्यक्तिबाट सहयोग प्राप्त गर्दछौ ं। त्यसै गरी बालबालिकासँग पनि सकारात्मक सम्बन्ध कायम गर्न सकेमा बालबालिकाले अभिभावकको सुझाव तथा आग्रहलाई पालना गर्दछन् र अनुशासन कायम गर्न झन् मद्दत पुग्दछ ।
दण्दसजाय नदिई सकारात्मक तरिकाले बालबालिकालाई दीर्घकालीन रूपका स्वअनुशासनको क्षमताको विकास गराउन सकिन्छ ।
स्वअनुशासन कायम भएमा बालबालिका अरूको निगरानी नभएको बेलामा पनि अनुशासित हुन्छन् । यसबाट बालबालिकाले जीवनोपयोगी सीप सक्निे अवसर प्राप्त गर्दछन् र बालबालिकाले पनि अरूको सम्मान गर्न सिक्दछन्। सकारात्मक अनुशासनले बालबालिकासँग सम्मान जनक सम्बन्धको निर्माण हुन्छ ।
दण्डसजाय नदिई बालबालिकालाई कसरी अनुशासित हुन सिकाउन सकिन्छ त ?
वास्तविक अनुशासन (स्वः अनुशासन) हिंसा प्रयोग नगरी मात्र कायम गर्न सकिन्छ । बालबालिकाको उमेर र परिस्थिति अनुसार सकारात्मक अनुशासनका फरक फरक माध्यमहरू हुन्छन् । सामान्यतयास् सकारात्मक अनुशासन कायम राख्नको लागि निम्न कुराहरूमा ध्यान दिनु पर्दछः
तत्कालको लागि आफ्नो सजिलो नसोचेर बालबालिकाले के सिक्नु पर्दछ, उनीहरूको कस्तो व्यवहार हुन पर्दछ र के गर्दा उनीहरूलाई राम्रो हुन्छ भनी विचार गर्नु पर्दछ ।
बालबालिकाले के गर्नु हुने वा नहुने बारेमा प्रस्ट जानकारी दिनु पर्दछ र किन त्यस्तो गर्न हुन्छ वा हुँदैन भनी बालबालिकाले बुझ्ने भाषामा बताउनु पर्दछ । बालबालिकाबाट अभिभावकले कस्तो व्यवहारको अपेक्षा गरेको हो स्पष्ट जानकारी दनिु पर्दछ । अभिभावकको व्यवहारले बालबालिकाको सिक्ने प्रक्रिया र समस्या समाधान गर्न सक्ने सीप विकासमा सहयोग पु¥याउनु पर्दछ । आफ्नो व्यवहारको परिणाम के हुन सक्छ भनी बालबालिकालाई आफैं सोच्न प्रेरित गर्नु पर्दछ ।
बालबालिकाले जे जस्तो व्यवहार गरे पन िनिशर्त स्नेह व्यक्त गर्नु पर्दछ र बालबालिकाको भावनालाई सम्मान गर्नु पर्दछ। यस्तो व्यवहार गर्नाले बालबालिकाले सधैं अभिभावकलाई आफ्नो नजिक ठान्छन् र बालबालिकासँगको सम्बन्ध सुमधुर हुन्छ ।
कुन उमेर समूहका बालबालिकाले कसरी सोच्छन्, कस्तो व्यवहार गर्छन्, उनीहरूको आवश्यकता के हो भनी जान्नु आवश्यक हुन्छ र त्यस्तो आवश्यकता प्रति संवेदनशीलता प्रकट गर्नु पर्दछ ।
दण्डसजायले झन् हानी गर्छ त भनियो, तर रिस उठेको बेला, थकाई लागेको बेला, हतार भएको बेला सकारात्मक अनुशासन कहाँ सम्भव छ र ?
यदि तपाइलाई समस्या परेको छ, रिस उठेको छ वा हतार भएको छ र बालबालिकालाई गाली गर्ने वा पिट्ने सोच आएको छ भने याद गर्नुहोस् त्यो बेला बालबालिकालाई महत्त्वपूर्ण सीप सिकाउने अवसर पन िहो । बालबालिकाले कुनै दिन त्यस्तै अवस्थाको सामना गर्नु परेमा उनीहरूले पनि हिंसा गरुन् भन्ने चाहनु हुन्छ वा संयमित भएर व्यवहार गरुन् भन्ने चाहनु हुन्छ बालबालिकाले अभिभावकको व्यवहारबाटनै सिक्ने भएको हुनाले जति सुकै प्रतिकूल अवस्थामा पनि संयमित भएर व्यवहार गरिएको खण्डमा बालबालिकाले पनि त्यस्तो अवस्थाको सामना गर्न सिक्नेछन् । अभिभावकको जे जस्तो समस्या भए पनि त्यस्ता समस्याको रिस बालबालिका उपर पोख्नु कदापि न्यायोचित हुँदैन। संसारको सबै समस्या समाधान नहुँदा सम्म बालबालिकाले हिंसा सहेर बस्नु पर्ने होइन । -युनिसेफ नेपाल

प्रकाशित मिति: असार २९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend