Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट प्रेष्किप्सनबिनाको औषधिसहित युवा पक्राउ, विराटनगरबाट लागूऔषधसहित युवा पक्राउ

हाम्रो कोशी आवाज
साउन २ २०७७, शुक्रबार
धरानबाट प्रेष्किप्सनबिनाको औषधिसहित युवा पक्राउ, विराटनगरबाट लागूऔषधसहित युवा पक्राउ

धरानः धरान उपमहानगरपालिका वडा नं. ५ देउराली बस्ने वर्ष २७ को सुवास राईले प्रेष्किप्सनबिना अवैध औषधिसहित पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले उनको घरकोठा खान तलासी गर्दा कोठाभित्र टिनको बाकसमा रहेको हाते झोलामा ती औषधि फेला परेको र उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था विभाग विराटनगर मोरङमा पठाइएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनीबाट ट्रामाडोर हाइड्रोकोलोरिडा लेखिएको ३८३ चक्की र स्पाज्मिड लेखिएको ३२२ चक्की औषधि बरामद भएको प्रहरीले जनाएको छ ।
उता मोरङको विराटनगर महानगरपालिका–१२ बाट पनि दुई युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले दिउँसो साँढे १२ बजे विराटनगर–६ का ३३ वर्षीय पवन गोस्वामी र विराटनगर–८ का ३४ वर्षीय कन्हैयाराज मण्डललाई १० बोतल डाइलेक्स डिसी र २० ट्याबलेट निटरभेट चक्की सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: साउन २ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend