धरानः सुनसरीको धरान उपमहानगरपालिकामा लागूऔषधको बिक्री वितरण बढेको पाइएको छ ।
लकडाउनको अवधिमा मात्र जिल्लामा १४ जना लागूऔषध कारोबारीलाई पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतले असार महिनामा मात्रै ४ चारलाई मुद्दा चलाइएको जानकारी दिए । उनले लकडाउनमा समेत लागूऔषधको कारोबार तीब्र भएपछि प्रहरीले कारोबारीहरुलाई पक्राउ गर्न सफल बनेको जानकारी दिए । उनले अहिले पनि व्यापक रुपमा प्रहरी परिचालन गरेको बताए । लागूऔषध बिक्री–वितरण गर्नेहरूमा युवापुस्ता रहेका छन् । पक्राउ परेकाहरू २० वर्षभन्दा बढी उमेरका रहेको प्रहरीले जनाएको छ ।