Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउन सुगर र लागूऔषधसहित तीन युवा पक्राउ

हाम्रो कोशी आवाज
साउन ५ २०७७, सोमबार
ब्राउन सुगर र लागूऔषधसहित तीन युवा पक्राउ

विराटनगरः मोरङको विराटनगरबाट प्रतिबन्धित लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत अररिया जोगमनी बस्ने १९ वपर्षीय तारिकन अनवर, विराटनगर–६ का २० वपर्षीय सुमित दास र सोही स्थानका १८ वर्षीय मनिष दास रहेका छन् ।
उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । साइकलमा रहेका भारतीय नागरिक अनवरलाई विराटनगर–१५ स्थितबाट ३५ ग्राम ५६० मिलिग्राम खैरो हिरोइन ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उनले साइकलको सिटमुनी ब्राउनसुगर लुकाई राखेका थिए ।
यसै गरी विराटनगर–१६ स्थितमा पैदल हिँडिरहेका सुमित र मनिषलाई १२० नाइट्राभेट लागूऔषध ट्याब्लेटसहित पक्राउ गरिएको हो । यसरी लागूऔषधसहित पक्राउ परेका तीनै जना उपर इलाका प्रहरी कार्यालय रानीबाट कानुनी कारबाही प्रक्रिया अगाडी बढाइएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: साउन ५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend