तेह्रथुमः तेह्रथुम लालीगुराँस–९ बस्ने ३६ वर्षीया अञ्जना लिम्बूलाई खोलाले बगाउँदा उनको मृत्यु भएको छ ।
सोमबार दिउँसो १२ बजे जिरिखिम्तीबाट छथरमा रहेको आफ्नो माइती घरतर्फ जाने क्रममा ढाडेखोला तर्दै गर्दा अञ्जनालाई खोलाले बगाई बेपत्ता बनाएको थियो ।
बेपत्ता भएकी उनलाई खोजी गर्ने क्रममा दिउँसो सवा ३ बजे १ किलोमिटर तल खोलाको बीचमा काठमा अल्झिएको अवस्थामा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । साथै अञ्जनासँगै गएका उनका श्रीमान भने खोलाबाट निस्कन सफल भएका छन् ।