Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुसाङ टेक्निकलबाट अवैध औषधि किनबेच गर्ने धरान र बेलबारीका युवा पक्राउ

हाम्रो कोशी आवाज
साउन ६ २०७७, मंगलबार
सुसाङ टेक्निकलबाट अवैध औषधि किनबेच गर्ने धरान र बेलबारीका युवा पक्राउ

विराटनगरः क्लिनिकबाट अवैध औषधी बिक्री वितरण तथा किनबेच गर्ने तीनजनालाई प्रहरी ले पक्राउ गरेको छ ।
मोरङको बेलवारी नगरपालिका–६ सोमबारेमा रहेको सुसाङ टेक्निकल क्लिनिकबाट अवैध औषधीहरुको बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले टेक्निकल हलका संचालक स्थानीय १९ वर्षीय सुसाङ कुमार चौधरी र सोही औषधी पसलमा अवैध औषधी किनी रहेका बेलबारी–५ का २३ वर्षीय शिबजी चौधरी तथा धरान–१७ का २१ वर्षीय किसनलाल थारुलाई पक्राउ गरिएको हो ।
टेक्निकल क्लिनिकबाट बरामद औषधि
Tramadol Capsule Ip 50 Mg को १३,६०० क्याप्सुल
Decolic २००० क्याप्सुल
Spasmo २८० क्याप्सुल
Antikof ७५० क्याप्सुल
Asidol १००० क्याप्सुल
Pregasoft ९६० क्याप्सुल
Spaspain ४००० क्याप्सुल
Pregalin२०० क्याप्सुल
Surgidol १८० क्याप्सुल
Koftab२३० क्याप्सुल
साथै औषधी किन्ने शिवजी चौधरीको साथबाट Spaspain ४० क्याप्सुल
किसनलाल थारुको साथबाट Pregasoft १० क्याप्सुल र Kotaf औषधी १० क्याप्सुल बरामद गरिएको हो । अवैध औषधीसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति: साउन ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend