Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जसले जीवन रसिलो र आनन्दित बनाउँछ

हाम्रो कोशी आवाज
साउन ७ २०७७, बुधबार
जसले जीवन रसिलो र आनन्दित बनाउँछ

व्यक्तिको मष्तिष्कमा आउने अर्थात् उत्पन्न हुने विचार माथिको अनुभूति कस्तो ? सकारात्मक कि नकारात्मक ? जुन बुझ्न अत्यन्तै जरुरी छ । विचारमाथिको अनुभूति आर्जित पहिचानप्रतिको दृष्टिकोणमा निर्भर गर्छ । जसले व्यक्तिको मनोवृत्ति तय गर्छ । अनि मनोवृत्तिले मनको स्थिति बताउँछ । मनको वर्तमान स्थिति कस्तो छ ? भावनात्मक कि स्थिर ? यसले व्यक्तिको कार्य सम्पादनमा प्रभाव पार्दछ । त्यसैले असल कार्य सम्पादनका लागि असल विचार चाहिने भएकोले वुद्धिको महत्व अनिवार्य बोध गर्नुपर्छ ।
हरेक व्यक्ति जागृत अर्थात् चेतनाको अवस्थामा हुनुपर्छ । यो अवस्थामा व्यक्तिले आर्जित भावनाको कारणले आफ्नो मनभित्र कस्तो प्रकारको विचार चलिरहेको छ भन्ने कुरा थाहा पाउन सक्छ । हामीले के बुझ्नु जरुरी छ भने हरेक एक विचारले मनभित्र विचारहरुको श्रृङ्खला निर्माण गर्दछ । जसले व्यक्तिको दैनिक जीवनलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभाव पार्छ । त्यसैले हरेक व्यक्तिले आफ्नो भावना र मन कस्तो हुनुपर्छ ? उसको वुद्धिले अनिवार्य बुझ्नुपर्छ ।

वास्तवमा भन्ने हो भने कुनैपनि विचार आफैमा सही वा गलत हुँदैन । यो व्यक्तिको स्वार्थी अनुभव वा अनुभूतिले निर्धारण गर्छ र सोही अनुसार व्याख्या गर्न लगाउँछ । यसको आधारमा व्यक्तिले आफूलाई सम्मान वा अपमान महसुस गर्छ । त्यसैले अनुभूति असल बनाउने हो भने असल सोचाइको विकास गर्नुपर्छ ।
मन, वुद्धि र भावनाबीचमा सन्तुलन कायम राख्न सक्नुपर्छ । पहिचानमा होइन कर्ममा विश्वास राख्नुपर्छ । यसले मनोविकारलाई धेरै हदसम्म न्यूनीकरण गर्छ । यसले व्यक्तिको हेर्ने नजरिया राम्रो बनाउँछ । चञ्चल मन स्तःस्फूर्तरूपमा स्थिर बन्न पुग्छ । जीवनको महत्व बोध हुन्छ । जवाफदेहिता बढेर जान्छ अनि विस्तारै समाजमा व्यक्तिको असल परिचय निर्माण हुँदै जान्छ । जसले जीवन रसिलो बनाउँछ । आनन्दित बनाउँछ । लेखकः धरानका निजी शिक्षालयका अध्यापक हुन् ।

प्रकाशित मिति: साउन ७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ६ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend