उदयपुरः उदयपुरमा ट्याक्टरले किच्दा एकजनाको मृत्यु भएको छ ।
बेलका नगरपालिका वडा नम्बर १, आम्बासीमा स्थानीय ४५ वर्षीय तीर्थबहादुर कार्कीलाई गुडिरहेको को२त ५१८२ नम्बरको ट्याक्टरबाट लड्दा पछाडिको चक्काले किचेको हो । उदयपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ सवा ५ बजे घटना घटेको र गम्भीर घाइते अवस्थामा धरानस्थित अस्पताल पठाएकामा उपचारकै क्रममा राति सवा ७ बजेतिर उनको मृत्यु भएको हो । उदयपुर प्रहरी प्रवक्ता गोविन्द पुरीले किच्ने ट्याक्टर र चालक उदयपुरको चौदण्डीगढी वडा नम्वर १ का १८ वर्षीय सूर्य परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।