बिर्तामोडः झापाका १८ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
पूर्वी नाका काकडभिट्टाको सीमामा सुरक्षाका लागि खटिएका १८ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा ४८ जनामा गरिएको कोरोना परीक्षणमा १८ जनामा संक्रमण देखिएको हो ।
यसअघि पनि दुईजना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै झापामा कोरोना संक्रमितको संख्या ३४५ पुगेको छ ।