Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना संक्रमित बढेपछि विराटनगरमा अत्यावश्यकबाहेकका कार्यमा रोक, मास्क अनिवार्य

हाम्रो कोशी आवाज
साउन ११ २०७७, आइतबार
कोरोना संक्रमित बढेपछि विराटनगरमा अत्यावश्यकबाहेकका कार्यमा रोक, मास्क अनिवार्य

विराटनगरः विराटनगर महानगरपालिका मातहतका कार्यालयमा अत्यावश्यक बाहेकका कार्यमा तत्काल रोक लगाउने जनाएको छ । स्वास्थ्यसेवा बाहेक अन्य कार्यहरुलाई केहीदिनलाई थाती राख्ने गरी सूचना जारी गरिएको छ ।
यसबाट समेत कोभिड १९ रोकथाममा प्रभाव देखिएन भने दोस्रो चरणमा महानगरले लकडाउनको निर्णय गर्ने मेयर भीम पराजुलीले जानकारी दिए ।
संघ संस्था तथा राजनीतिक दलका प्रतिनिधीहरुले क्षेत्रगत रुपमा सचेतनात्मक कार्यक्रम सुरु गर्ने जनाएका छन् ।
यस्तै, आइतबार सम्पन्न कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले सर्वसाधारणलाई हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनुपर्ने निर्णय गरेको छ । महानगरपालिका मेयर भीम पराजुलीले कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गर्दा सर्वसाधारणलाई सुरक्षित रहनका लागि यो निर्णय गरिएको जानकारी दिए ।

प्रकाशित मिति: साउन ११ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend