फाइल फोटो ।
ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका–२ स्थित बहानन्दे–दोभान सडकखण्डमा आइतबार करेन्ट लागेर ट्याक्सी चालकको मुत्यु भएको छ ।
पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका २७ वर्षीय विकास सुनुवारको घटनास्थलमै मृत्यु भएको हो । सडकमा रोकिराखेको ट्रकमा छुँदा उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर ट्रक चालक पाँचथर हिलिहाङका ३५ वर्षीय अमृत श्रेष्ठ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठका अनुसार दोभान बजारबाट बिर्तामोडतर्फ जाँदै गरेको ट्रकमा विद्युतको नाङगो तारले छोएको थियो ।
‘छुनासाथ ट्रक चालक घाइते भएछन्,’ श्रेष्ठले भने,’ विपरीत दिशाबाट गएको ट्याक्सीका चालकले राकिराखेको ट्रक देखेपछि ओर्लिएर हेर्ने क्रममा उनलाई पनि करेन्ट लागेछ ।’ घाइते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ ।