ताप्लेजुङः ताप्लेजुङको कञ्चनजघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको समय अवधी गत जेष्ठ २८ गते समाप्त भएसँगै नयाँ परिषद गठनको लागि निर्वाचन भदौमा हुने भएको छ ।
कञ्चनजघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको अध्यक्ष खगेन्द्र फेम्बूको पाँच वर्षे कार्यअवधी गत वर्ष जेष्ठ २८ गते समाप्त भएको थियो । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागले परिषदको कार्य अवधी एक वर्ष थप गरेको समय गत महिना जेष्ठ २८ गते समाप्त भएको हो ।
परिषदको समय अवधि समाप्त भएपछि कञ्चनजघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद गठन नियमलीअनुसार गत २ साउनमा संरक्षण अधिकृतको संयोजकत्वमा ५ सदस्य रहनेगरी तदर्थ समिति गठन गरेको कञ्चनजघा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।
कञ्चनजघा संरक्षण क्षेत्रका संरक्षण क्षेत्र व्यपस्थापन नियमली २०६४ अनुसार समय अवधि समाप्त हुन तीन महिना अगाडि नै नयाँ परिषदको लागि निर्वाचन गर्नुपर्ने भए पनि लकडाउनको कारणले समयमै परिषदको निर्वाचन नसकेको तदर्थ समितिका संयोजक तिवारीले बताए ।
अहिले दिनदिनै पानी पर्ने भएको बाढी पहिरोका बढी समस्या भएकोले भदौ दोस्रो हप्तादेखि व्यवस्थापन परिषदको गठन प्रक्रियाको थालनी गर्ने तदर्थ समितिका संयोजक तिवारीले बताए । कञ्चनजघा संरक्षण क्षेत्र ताप्लेजुङको फक्ताङ गाउँपालिकाको वडा नम्बर ५ तापेथोक, वडा नम्बर ६ लेलेप वडा नम्बर ७ गोला र सिरिजंघा गाउँपालिकाको वडा नम्बर ८ याम्फुदिन गरि २ हजार ३५ वर्ग किलो मिटर भू(भाग समेटिएर २०५४ सालमा कञ्चनजघा संरक्षण क्षेत्र घोषणा भएको हो ।
