धरानः एन आई सी एशिया बैंकले डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘म्ष्नष्तब िब्अअयगलत इउभलष्लन’ प्रणालीको सुरुवात गरेको छ ।
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ एन आई सी एशिया बैंकले समयअनुरुप परिस्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै आइरहेको जनाएको छ ।
बैंकका अनुसार सो ‘डिजिटल एकाउन्ट ओपनिङ’ प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नको लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने व्यवस्था बैंकले गरेको छ । यस प्रणालीमा सेवाग्राहीहरूले चमत्कारिक सुविधाहरूले भरिपूर्ण ९ वटा न्यू प्रिमियम सुपर चमत्कारिक खाता योजनाहरूमध्ये आफुले इच्छाएको खाता छनौट गरी बिना झन्झट आफ्नो खाता डिजिटल रुपमा खोल्न सक्नेछन ।
यसरी खाता खोल्दा ग्राहकलाई लामो फारम भर्ने तथा आफ्नो पालो कुरेर बस्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । बैंकले यसअघि आइसर्भिस प्रणालीमार्फत सेवाग्राहीले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफुले चाहेको यस बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाईन प्रणालीको शुभारम्भ गरिसकेको छ ।