Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइई नतिजाः रुजु धमाधम, काम अन्तिम चरणमा

हाम्रो कोशी आवाज
साउन १२ २०७७, सोमबार
एसइई नतिजाः रुजु धमाधम, काम अन्तिम चरणमा

धरानः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाको काम अन्तिम चरणमा पुगेको जनाएको छ । साउन १५ भित्र प्रकाशन गर्ने तयारीमा जुटेको बोर्डले देशभरबाट सबै विवरण आइसकेको बताएको छ ।
‘प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ, साताअघि नै नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ’, बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले भने, ‘अहिले देशभरबाट सम्पूर्ण विवरण आइसकेको छ ।’ उनले अहिले हार्डकपी र सफ्ट कपी रुजुको काम भइरहेको बताए ।
करिब ३ लाख विद्यार्थीको नम्बर इन्ट्री भइसकेको र रुजुको काम भइरहेको उनले बताए । ‘विद्यालयले जिल्ला शिक्षा समन्वय इकाइमा पठाएको नम्बर जिल्ला जिल्लाबाट इन्ट्री भइसकेको छ’, उनले भने, अब रुजुको काम मात्रै बाँकी छ । जिल्ला–जिल्लाबाट विद्यार्थीले प्राप्त गरेको नम्बर इन्ट्री भएपनि विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईले प्रमाणीकरण गरेको हार्डकपी बोर्डमा आएपछि इन्ट्री गरेको नम्बर हार्डकपीसँग मिले र नमिलेको रुजु हुन्छ ।
‘साउन १५ भित्र सार्वजनिक गर्ने तयारी गरेका हौं, अब हेरौं रुजु चाँडो सकिए चाँडै नतिजा आउँछ ।’ उनले भने ।
देशभरबाट ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी छन् । गत ६ चैतका लागि तोकिएको एसईई कोरोना भाइरसको महामारीका कारण अन्तिम समयमा स्थगित गरिएको थियो । महामारीका कारण परीक्षा गर्न असम्भव भएपछि विद्यालयको मूल्यांकनलाई आधार मानेर नतिजा सार्वजनिक गर्न लागिएको बताइएको छ ।

प्रकाशित मिति: साउन १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend