विराटनगरः विराटनगरमा थप १८ जनामा कोरोना पुष्टि भएको छ ।
थपिएका सबै नयाँ हुन् । कोशी अस्पतालको ल्याबबाट आएको रिपोर्ट अनुसार १३ जना पुरुष र ५ जना महिलामा संक्रमण देखिएको हो ।
यसअघि आइतबार विराटनगरमा एकैपटक १९ जना प्रहरीमा सक्रमण पुष्टि भएको थियो । महानगरमा हालसम्म ६७ जना संक्रमति पुष्टि भइसकेको छ ।
यसैबीच, महानगरको जनस्वास्थ्य महाशाखामा कोभिड १९ का पोजेटिभ एक पुरुष रिपोर्ट लिन पुगेपछि केही समयको अवस्था तनावपूर्ण बनेको थियो । महानगरपालिकाले सचेत रहन आग्रह गर्दै समुदायस्तरमा संक्रमण फैलिएको जनाइरहँदा यस्तो भएको हो ।
केही समय कर्मचारी भागाभागसमेत गरेका थिए । संक्रमण पुष्टि भएका एक व्यक्ति कार्यालय प्रवेश गरेपछि कर्मचारीबीचमा भागदौड मच्चिएको हो । हाल उनलाई कोभिड १९ स्वास्थ्य उपचार केन्द्रमा भर्ना गरिएको बताइएको छ । विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदर अलीले हाल उनलाई कोभिड १९ अस्पताल पठाइसकिएको बताए ।