Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटामा वर्षाले विभिन्न ठाउँमा क्षति, गाडीको यो हालत !

हाम्रो कोशी आवाज
साउन १३ २०७७, मंगलबार
धनकुटामा वर्षाले विभिन्न ठाउँमा क्षति, गाडीको यो हालत !

धनकुटाः अविरल वर्षाले धनकुटाका विभिन्न स्थानमा क्षति गरेको छ ।
वर्षाले पहिरो जाँदा धनकुटामा एक दर्जन उद्योग, सडकमा क्षति गरेको छ । यस्तै, पसलहरु जोखिममा परेको र १ सय २७ जना व्यावसायीहरुको घर जोखिममा परेको धनकुटा उद्योग वाणिज्य संघले जनाएको छ ।
स्थानीय सन्जीता याम्फु राईका अनुसार धनकुटाको सिम्सुवा खोलाले खाद्यान्न बोकेको गाडी बगाएर क्षति गरेको छ । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड छेऊमा पर्ने सिम्सुवा खोलाले सो क्षति गरेको हो । पसलका लागि सामान लिएर आएको गाडी बाढीले बगाएको र चालक सकुशल रहेको उनले जानकारी दिइन् । बगरको बाटो हुँदै सामान लैजाँदै गर्दा यस्तो भएको उनले बताइन् ।
पहिरोबाट पशुपति ग्रिल उद्योग धनकुटा, मिलन फर्निचर उद्योग धनकुटालाई क्षति पुगेको र निशान ग्रिल उद्योग धनकुटा र कविता फलफुल प्रशोधन उद्योग, प्रकृति फुड प्रडक्सन उद्योग लगायत धनकुटा जिल्लाको एक जर्दन धन्दा बढी उद्योगहरु जोखिमा परेको र वरिष्ठ साहित्यकार तुलसी दिवसको धनकुटा वडा नं ६ स्थित सिरान बजारको घर फर्किएर जोखिम परेको र धनकुटा, हिले, पाख्रिबास, सिधुवा, साँगुरीगढी, पाख्रीवास नगरपालिका, शहिदभुमी, चौविसे, छथरजोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका र धनकुटा बजार क्षेत्रका १ सय २७ जना व्यावसायीहरुको घरहरु पहिरोबाट जोखिममा परेका छन् ।
यस्तै पहिरो झरेपछि कोशी राजमार्गको धरान–धनकुटा सडक अवरुद्ध बनेको थियो । पात्ले खोला, फोक्ल्याण्ड टापु, जिोप्वाइन्ट, ढाट, गुठीटार, रुद्रबारीलगायत दर्जनौं स्थानमा पहिरो गएपछि सडक अवरुद्ध बनेको थियो । अहिले सडक एकतर्फी सञ्चालनमा आइसकेको धनकुटाका डिएसपी सचिन कर्माचार्य बताउँछन् ।

प्रकाशित मिति: साउन १३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend