Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

साताभित्र एसइई नतिजा, यसरी हेर्न सकिने !

हाम्रो कोशी आवाज
साउन १५ २०७७, बिहिबार
साताभित्र एसइई नतिजा, यसरी हेर्न सकिने !

धरानः राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले एसइईको नतिजा हेर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले साताभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिँदै नतिजा हेर्ने तरिका राष्ट्रिय दैनिक गोरखापत्रमा सूचनामा प्रकाशित गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा १ साताभित्र सार्वजनिक हुनेछ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा नभएपछि विद्यालयले गरेको मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । ‘विद्यालय र जिल्ला शिक्षा समन्वय इकाइबाट प्रमाणित भएको डाटा बोर्डमा आइसकेको छ । जिल्ला जिल्लाबाट अपडेट भएको र प्रमाणित डाटामा ठीक भए नभएको रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छ,’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘अब एक साताभित्र नतिजा सार्वजनिक गर्छौं ।’
यसअघि बोर्डले १५ साउनमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बाढी–पहिरोका कारण बाटो बन्द भएकाले विद्यालय र जिल्लाबाट प्रमाणित डाटा नआएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

प्रकाशित मिति: साउन १५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend