इलामः इलाम नगरपालिककाको कार्यालयमा वृद्ध भत्ता लिन गई घर फर्कदै गरेकी देउमाई नगरपालिका–४ की ७२ वर्षीया सन्च रानी लिम्बू देउमाई नगरपालिका–२ मा रहेको सार्की खोलामा मृत फेला परेकी छन् ।
बिहीबार अपराहन साढे ५ बजे सो खोलामा वृद्धा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटि गई मृतकको कानुनी प्रक्रिया पूरा गरी अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।