Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा कोरोनाका कारण मृत्यु

हाम्रो कोशी आवाज
साउन १९ २०७७, सोमबार
विराटनगरमा कोरोनाका कारण मृत्यु

विराटनगरः विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
सोमबार विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएका ७७ वर्षीय बलबहादुर थापाको मृत्यु भएको हो । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनलाई कोशी अस्पताल लगिएको थियो ।
अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीका अनुसार उपचाररत थापाको मृत्युपछि उनमा कोरोना पुष्टि भएको हो । स्वाबको रिपोर्ट आउनुअगाडि नै उनको मृत्यु भएको हो ।
थापाको मृत्युसँगै कोरोना संक्रमणबाट प्रदेश १ मा मृत्यु हुनेको संख्या ४ पुगेको छ । धरानस्थित बीपी प्रतिष्ठानमा प्रदेश २ का २ जना र १ जना मोरङ सुनवर्षी नगरपालिकाका स्थानीयको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: साउन १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend