Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा सिटी सफारी, टेम्पो पूर्णरूपमा रोक लगाउने निर्णय

हाम्रो कोशी आवाज
साउन २० २०७७, मंगलबार
सुनसरीमा सिटी सफारी, टेम्पो पूर्णरूपमा रोक लगाउने निर्णय

धरानमा सिटी सफारी चलाउँदै एक महिला । फोटो फाइलः कोशी आवाज

सुनसरीः सुनसरीमा सिटी सफारी, टेम्पो, म्याजिक भ्यान, माइक्रो भ्यानलगायतमा पूर्णरूपमा रोक लगाउने निर्णय भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना संक्रमणको जोखिम बढेसँगै मालबाहक सवारी साधनबाहेक भाडाका साधनहरु संचालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले योसँगै अत्यावश्यक बाहेकका बजार, पसल मध्याहन १२ देखि अपराहन ४ बजेसम्म मात्र खोल्न दिइने निर्णय भएको जानकारी दिए । प्रशासनमा भएको छलफलमा लकडाउनबारे पनि छलफल गरेको थियो । ‘अहिलेसम्म लकडाउन नै गर्ने भन्नेबारेमा छलफल मात्रै चलेको हो, निर्णय केही भएको छैन’, प्रजिअ पोखरेलले फोन सम्पर्कमा भने ।

प्रकाशित मिति: साउन २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend