Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘धरानको खानेपानीको मुहानमा किन तोडफोड गरियो, पत्ता लगाएर कारवाही गरौं’

हाम्रो कोशी आवाज
साउन २० २०७७, मंगलबार
‘धरानको खानेपानीको मुहानमा किन तोडफोड गरियो, पत्ता लगाएर कारवाही गरौं’

धरानः धरानको खानेपानी मुहानमा भएको तोडफोडको घटनाप्रति जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साउन १८ गते धरान खानेपानी कार्यालयका कर्मचारी र हर्क साम्पाङको समुहले धरानको खानेपानीको मुहान सर्दुखोलामा गएर खानेपानीको पाइपलाइन तोडफोड गरेको घटनाप्रति खेद व्यक्त गर्दै विज्ञप्ति जारी गरेर सत्यतथ्य पत्ता लगाउन माग गरिएको छ ।
‘घटनाको वास्तविकता बुझी सत्य तथ्य पत्ता लगाइ घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा रही कार्वाहीको माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘धराने जनताहरुको आम चासो र माग पुरा गरी धरान खानेपानी आयोजनाको विवाद समाधान गर्नको लागि धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराउन चाहान्छौं ।’
नगर अध्यक्ष ताजुब लिम्बुद्वारा जारी विज्ञप्तिमा धरान खानेपानी आयोजनाले परियोजना शुरु गर्दा धराने जनताहरुसँग पानी उत्पादन र वितरणमा गरेको प्रतिबद्धता लगायत सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संघर्ष समिति संग गरेको ११ बुँदे सम्झौता कार्यान्वयन गरी पानी उत्पादन र वितरण गरिनुपर्ने र धरान उपमहानगरपालिका अगाडी बढ्नुपर्ने माग गरिएको छ ।
संविधानले दिएको अधिकार उपयोग गरी स्वतन्त्र रुपमा विरोध गर्ने नाममा धरानका लाखौं जनताहरुले उपभोग गर्ने खाने पानीको अत्यन्तै संवेदनशील ठाउँ मुहानमा विना सुचना गएर तोडफोड गर्नु कानुनी राज्यको उपहास भएको पार्टीले ठहर गरेको जनाइएको छ ।
‘विरोधको नाममा आफ्नो धारणा सार्वजनिक नगरी विना सुचना सार्वजनिक सम्पत्ति तोडफोड गर्नु आफैमा कानुनको उलङघन हो’, विज्ञप्तिमा भनिएको छ, ‘विरोधको नाममा यस खाले गैह्र जिम्मेवारीपन नदेखाउन सबै सरोकारवाला पक्षहरुलाई आह्वान गर्न चाहन्छौं ।’

प्रकाशित मिति: साउन २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend