Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीसहित प्रदेश १ का विभिन्न ठाउँमा निषेधाज्ञा र लकडाउन

हाम्रो कोशी आवाज
साउन २१ २०७७, बुधबार
सुनसरीसहित प्रदेश १ का विभिन्न ठाउँमा निषेधाज्ञा र लकडाउन

धरानः कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले सुनसरीसहित १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
प्रदेश १ का विभिन्न क्षेत्रमा कोरोना संक्रमण उच्च हुँदै जाँदा विभिन्न जिल्ला र स्थानीय तहहरूमा लकडाउन र निषेधाज्ञा जारी छ ।
समुदायमा कोरोना संक्रमण फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभरि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । बुधबार राति १२ बजेदेखि साउन २६ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी भएको हो । धरान, इटहरी, इनरुवा, दुहवी र बराहक्षेत्र नगरपालिकाले लकडाउनको घोषणा गरेपछि सुनसरी प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले लकडाउन घोषणा भएपनि भीडभाड बढेकोले संक्रमण रोक्नकै लागि भएपनि निषेधाज्ञा जारी गरिएको बताए ।
उता झापाको बिर्तामोड र अर्जुनधारामा लकडाउन गरिएको छ । झापाको बिर्तामोडमा पुनः अनिश्चितकालीन लकडाउन गर्ने निर्णय गरिएको छ ।
जिल्लाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगर क्षेत्रमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै बिर्तामोड नगरपालिकाले अनिश्चितकालीन लकडाउनको निर्णय गरेको हो ।
बाह्रदशीका एक संक्रमित केहीदेखि अघि बिर्तामोड आएको र बिर्तामोडका एक महिला प्रहरीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाभित्र कोरोनाको जोखिम बढेकोले लकडाउन गर्ने निर्णय गरेको हो ।
आइतबार राति १२ बजेदेखि लागू हुने गरी लकडाउन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप संक्रमण हुन नदिन नगर क्षेत्र लकडाउन गरेको छ ।
नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)को शनिबार बसेको बैठकले आइतबारदेखि यही साउन २२ सम्म लकडाउन गर्ने निर्णय गरेको हो। केही दिनअघि वडा नम्बर १ का एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख हरि रानाले बताए । मोरङको रंगेली, रतुवामाई र सुन्दरहरैचामा लकडाउन गरिएको छ ।

प्रकाशित मिति: साउन २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend