Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना संक्रमणमुक्त खोटाङमा ‘तपाईको मास्क खै’ अभियान, नलगाई हिँडे एक सय जरिवाना

हाम्रो कोशी आवाज
साउन २१ २०७७, बुधबार
कोरोना संक्रमणमुक्त खोटाङमा ‘तपाईको मास्क खै’ अभियान, नलगाई हिँडे एक सय जरिवाना

खोटाङ (रासस): दश स्थानीय तह रहेको खोटाङ जिल्लामा तपाईको ‘मास्क खै’ अभियान शुरु गरिएको छ। कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न तथा जनचेतनामूलक सन्देश फैलाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, उद्योग वाणिज्य संघ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको संयुतm आयोजनामा अभियान शुरु गरिएको हो ।
सरकारले लागू गरेको बन्दाबन्दी हटेपनि कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेकाले नागरिकलाई अनिवार्य मास्क लगाउन आग्रह गर्दै ‘तपाईको मास्क खै’ अभियान शुरु गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।
‘खोटाङमा कोरोना संमणमुक्त भएसँगै सर्वसाधारण मास्क नलगाइ हिँड्न थालेका छन’, उनले भने, ‘बन्दाबन्दी हटेसँगै कोरोना भाइरसको संक्रमण बढ्ने सम्भावना रहेकाले सर्वसाधरणलाई अनिवार्य मास्क लगाउनुपर्छ भन्ने उद्देश्यका साथ संयुक्त अभियान थालेका हौँ ।’
अभियानको पहिलो दिन आज जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा मास्क नलगाई हिँडेका सर्वसाधरणलाई निःशुल्क मास्कसमेत वितरण गरिएको थियो। जिल्लाका हरेक स्थानीय तहमा सञ्चालन गरिने अभियान सफल पार्न जनपथ र सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ ।
अहिले खोटाङ कोरोना संक्रमणमुक्त भए पनि पुनः देखिनसक्ने भएकाले घरबाहिर हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, मास्क नलगाई हिँडडुल गरेको साथै सामाजिक तथा भौतिक दूरी कायम नगरिएको भेटिएमा संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले बताए ।
‘सरकारले लागू गरेको नियम उल्लंघन गरेको पाइएमा एक महिनासम्म कैद वा रु १०० जरिवाना वा दुबै सजाय गरिनेछ’, उनले भने, ‘संक्रामक रोग ऐन २०२० अन्तर्गत काममा खटिएका आधिकारिक व्यक्ति तथा सुरक्षाकर्मीलाई काममा बाधा पु¥याउने व्यक्तिलाई ६ महिनासम्म कैद तथा जरिवाना वा दुवै सजाय गरिनेछ ।’
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आजदेखि शुरु गरिएको अभियानलाई आगामी दिन पनि सञ्चालन गरिने बताइएको छ। अभियानलाई गाउँगाउँसम्म पु¥याउन मातहतका प्रहरी चौकीलाई निर्देशनसमेत दिइएको प्रजिअ पौडेलले जानकारी दिए ।
संक्रमणमुक्त भएसँगै जिल्लामा सञ्चालित होटल, पसल तथा बजार पूर्णरुपमा खुला भएको छ। कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागू गरेको बन्दाबन्दी हटेपछि यातायातका साधनसमेत पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ ।
जिल्लामा भेटिएका १२ जना संक्रमित उपचारपछि सबैजना घर फर्किएका छन्। जिल्लामा भेटिएका संक्रमितमध्ये एकजना बाहेक सबैजना वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएका व्यक्ति हुन् ।

प्रकाशित मिति: साउन २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend