Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ का कानुनमन्त्री आइसोलेसनमा बसे

हाम्रो कोशी आवाज
साउन २२ २०७७, बिहिबार
प्रदेश १ का कानुनमन्त्री आइसोलेसनमा बसे

विराटनगर (रासस): आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेसनमा बसेका छन् ।
केही दिन पहिले संघीय राजधानी काठमाडौंमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सहभागी रहेका अवस्थामा प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएको पुष्टिसँगै उनी होम आइसोलेशनमा बसेको मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार मन्त्री कार्कीले आफूहरुसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई स्वाब परीक्षण गर्न आग्रह गरेका छन् । मन्त्रीको निवासमा कार्यरत सबैको स्वाब लिने तयारी भइरहेको सचिव पौडेलको भनाइ छ ।

प्रकाशित मिति: साउन २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend