Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइई नतिजा ‘होल्ड’, भदौ १ गतेदेखि हुने भनिएको भर्ना नरोकिने

हाम्रो कोशी आवाज
साउन २२ २०७७, बिहिबार
एसइई नतिजा ‘होल्ड’, भदौ १ गतेदेखि हुने भनिएको भर्ना नरोकिने

धरानः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनलाई ‘होल्ड’ गरेको छ ।
विशेषतः कोरोना संक्रमित बढ्दै गएपछि नतिजा प्रकाशन हुँदा विद्यार्थीको चहलपहल बढ्ने र विद्यार्थी लखरलखर दौडिने आंकलन गर्दै नतिजा प्रकाशनलाई होल्ड गरेको हो । ‘प्राविधिक कारणले केही दिन ढिलो हुने भएको छ’, बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेल भन्छन्, ‘सर्टिफिकेटमा कुनै त्रुटि नहोस् भनेर त्यसलाई दोहोरयाएर हेर्ने काम हाल भइरहेको छ ।’ विद्यालय खुल्ने वातावरण नबनेको र नतिजा ढिलो आएपनि फरक नपर्ने उनको भनाइ छ ।
बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । हाल विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइसकेको छ । यसपटक ४ लाख ८२ हजार परीक्षार्थीले एसइई दिएका छन् ।
यस्तै, भदौदेखि सुरु हुने विद्यार्थी भर्ना नरोकिने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरकारले गरेको निर्णय कार्यान्वन गराउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । यसअघि सरकारले १ भदौदेखि विद्यार्थी भर्ना गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: साउन २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend