Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका १३ जना र बीपीका इन्टर्न डाक्टरसहित १४ जना अस्पताल भर्ना, २८७ डिस्चार्ज

हाम्रो कोशी आवाज
साउन २२ २०७७, बिहिबार
धरानका १३ जना र बीपीका इन्टर्न डाक्टरसहित १४ जना अस्पताल भर्ना, २८७ डिस्चार्ज

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा १४ जना संक्रमित भर्ना भएका छन् ।
कोरोना पोजेटिभ देखिएका बीपीकै इन्टर्न डाक्टर र बुधबार राति एकै परिवारका ५ सहित १३ जना संक्रमित भर्ना भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
प्रतिष्ठानबाट बिहीबार एकजना डिस्चार्ज भएर घर फिरेका छन् । हालसम्म प्रतिष्ठानबाट डिस्चार्ज हुनेको कुल संख्या २८७ जना पुगेको छ ।
यता धरानमा समुदायमा कोरोना पहिचानका लागि गठित रेनडोम मास टेस्टिङले थालेको मास टेस्टिङको क्रममा आजसम्म ६ सय ६० जनाको स्वाबको नमूना लिइसकिएको जनाइएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार आज पहिलो चरणमा १ सय ९१ जनाको एन्फा एकेडेमीमा र दोस्रो चरणमा धरान ८ मा रहेको प्रीति भल्भ एन्ड फिटिङ्स इन्डस्ट्रीज प्रालिका ४२ जनाको गरी २ सय ३३ जनाको स्वाब लिइएको छ । आजसम्म ६६० जना पुगिसकेको छ ।

प्रकाशित मिति: साउन २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend